नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा एनिभर्सरी प्याक सार्वजनिक

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आफ्नो २१ औं वार्षिकोत्सवको उपलक्ष्यमा एनिभर्सरी प्याक सार्वजनिक गरेको छ। कम्पनीले मंगलबारबाट लागु हुने गरि एनिभर्सरी प्याकेज सार्वजनिक गरेको हो।

यो प्याकेज माघ २२ देखि फागुन ८ सम्म १५ दिन सम्मको लागि लागु हुने जनाइएको छ।

जसअनुसार, ५९ रुपैयाँमा एक दिनको अवधि रहेको १ एमबीपीएस अनलिमिडेट डाटा प्लस १२० मिनेट भ्वाइस प्याकेज दिनेछ।

४९९ रुपैयाँमा १ महिना समयावधि भएको अनलिमिटेड अल नेट भ्वाइस कल सार्वजनिक गरेको छ। कम्पनीले ५९९ तोकिएको र समयावधि १ महिना रहेको अनलिमिटेड डाटा प्याक ल्याएको छ भने ७९९ रुपैयाँ लाग्ने अनलिमिटेड प्रिमियम डाटा प्याक १ महिना अवधिका लागि दिनेछ।

यसका साथै कम्पनीले ७९९ रुपैयाँ तोकिएको फेस्टिभ कम्बो प्याक १ महिना अवधिसहित ल्याएको छ।

माघ २२ देखि फागुन २१ गते सम्म लागु हुने गरी एफटीटीएच ग्राहकहरुका लागि अर्को प्याकेज समेत ल्याएको छ।

यसमा नयाँ तथा पुराना ग्राहकले एफटीटीएच ५०/७५/१००/१५० तथा २०० एमबीपीएसको वार्षिक प्याकेज खरिद गर्दा १ महिनाको थप सेवा उपलब्ध गराईने छ। साथै दुई बर्ष समयावधिको एफटीटीएच प्याकेज खरिदमा पन्ध्र प्रतिशत छुटको व्यवस्था गरिएको छ।

टेलिकमले टिकटक प्रेमीहरुका लागि छुट्टै प्याकेज ल्याएको छ जसअन्तरगत दैनिक टिकटक प्याकेज ५ एमबीपीएसको गतिमा २० जीबी खपत गर्नेलाई ४८ रुपैयाँ शुल्क लाग्नेछ भने साप्ताहिक प्याकेज १७० रुपैयाँमा किन्दा रुपमा ५ एमबीपीएसको गतिमा २० जीबी प्रयोग गर्न पाईनेछ।

प्रतिक्रिया

हेडलाइन्स