काठमाडौं । प्रादेशिक महोत्सव २०८१ भित्र माघ १० गते देखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘आईएनजीस्क्रीन क्यान इन्फोटेक २०२५, इन एसोसिएट विथ डिजिटल पालिकामा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँनयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ ।
इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरुले आफ्नो ब्राण्ड प्रवद्र्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी बिश्वविद्यालयरकलेज, कन्सल्टेसी, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ तथा सिसीटीभी सर्विलेन्श प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासंघ बाँकेका अध्यक्ष यज्ञराज जोशीले बताए।
इन्फोटेकको शीर्ष प्रायोजक आईएनजीस्क्रीन सागरमाथा आईटी ट्रेडर्स ले नेपालका शैक्षिक संघसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित एसी लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ। यी उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम १५-२५ प्रतिशतसम्म छुट र २०० वटा बिद्यालयबाट लक्कीड्र बाट १ विद्यालय लाई ७५ इंचको स्मार्ट बोर्ड उपहार दिने घोषणा गरेको छ। त्यस्तै इन्फोटेकको सहप्रायोजक डिजिटल पालिकाले स्थानीय तहले सफ्टवेयर खरीदमा ४० प्रतिशत विशेष छुटसहित प्रदान गर्ने बताएको छ।
त्यस्तै उग्रतरा इन्फ़ोसिसले हिकभिजन सीसीटीभी जडान गर्दा फ्री जडानको घोषण गरेको छ यसमा विभिन्न प्रविधियुक्त एआई सहितका पैतीस सय मूल्य देखि एक लाख ५० हजार सम्म मूल्यका क्यामरा हरु रहेका छन्।
नेपाल टेलिकमले प्रीपेड सिम निःशुल्क वितरण गरेको छ, र नमस्ते वाईफाईको जहाँ ४जी नेटवर्क पुगेका ठाउँमा वायरलेश इन्टरनेट उपलब्ध गर्ने छ । अर्को इन्टरनेट सेवाप्रदायक भायनेटले विशेष छुटसहित एक वर्षको प्याकेज खरिद गर्दा ३ महिना थप सेवा दिने र अन्य जिन्सी गिफ्ट उपलब्ध गर्ने बताएको छ।
इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनी स्वस्तिक सफ्टवेयरमा र डायनामिक सफ्टवेयरले आफ्नो सफ्टवेयरमा १० प्रतिशत छुट घोषणा गरिएको छ । प्रदर्शनीमा चर्चित ब्राण्डहरूका ल्यापटप तथा गेमिङ पीसीमा युवा अवलोकनकर्ताको विशेष चासो देख्न सकिन्छ । त्यस्तै पावर म्याक्सले इन्भटर ब्याट्री स्टेपलाइजर खरीद गर्ने लाई स्क्रयच कूपन ५०० देखी ५००० सम्मको शतप्रतिशतको अफर दिएको छ । कम्पनीहरूले पनि यी उत्पादनमा ुक्यान अफरु भन्दै विशेष छुट ल्याएका छन् ।
इन्फोटेकका अवलोकनकर्ताका लागि आईटी पढन चाहने विद्यार्थीहरुलाई १०/१०० प्रतिशत सम्मको छात्राबृति दिने लुम्बिनी बिश्वबिद्यालय र नेपालगंज क्याम्पसले घोषणा गरेका छन् । त्यस्तै नेपालगंज क्याम्पसले क्विज मार्फ़त गिफ्ट प्रदान गरेको छ ।
नेपाली ब्राण्डका एसी टिभी कुलर, हेडफोन, स्पिकर, नेकब्यान्ड, चार्जर लगायतका एक्सेसरिजमा १२–२० प्रतिशत छुट दिँदै ग्राहक आधार र बजार विस्तार गरेका छन् । साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन् ।
त्यस्तै अल्फाबीटाले गेम मार्फ़त १०० प्रतिशत सम्म आईएलट्स पीटीई १०० प्रतिशत सम्मको छूट दिने घोषण गरेको छ । सेंचुरी कम्प्यूटर सप्लायर्सले १० देखि २० प्रतिशत सम्म छुट र गिफ्ट दिएको छ, भने स्मार्ट टेकले DAHUA, IMOU को प्रोडक्ट १५ प्रतिशत छुट घोषणा गरेको छ , भने डिजिटल कर्नरले एसी, टिभी कुलर, स्पीकर, एयर बट्समा ५ प्रतिशत छूट छ भने RAPOO प्रोडक्स्ट ज्ञछ प्रतिशत छूट र लक्की ड्र मार्फ़त ४२ इंच स्मार्ट टेलीभीजन जित्ने मौका दिएको छ जसले गर्दा स्टलमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ ।
त्यसबाहेक नेपाली सफ्टवेयर कम्पनीहरू, आईटी ट्रेनिङ प्रोभाइडर, आईटी कलेजहरूले इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि विशेष स्किम घोषणा गरेका छन् । अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्राण्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन् । यसअन्तर्गत केही कम्पनीहरूले इन्फोटेकका अवसमा ल्यापटप, गेमिङ पीसी लगायतका प्रडक्टका लागि फ्रि-सर्भसिङ अफर ल्याएका छन् ।
विभिन्न ब्राण्डका केही कम्पनीहरुले अवलोकनकर्ताका लागि भन्दै प्रदर्शनीको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन। छुट धेरै हुने भएकाले केही ब्राण्डका पोर्टेबल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासंघबाँकेका सचिव रमेश क्षेत्री ले जानकारी दिए।
प्रदर्शनीमा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको सचिव क्षेत्रीले जानकारी दिए। उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरुलाई निःशुल्क स्टल समेत उपलब्ध गराइएको छ । बुधबार विभिन्न कलेज तथा विद्यालयबाटबाट उल्लेख्य संख्या आएका विद्यार्थीले माहोल थप बढाएको थियो ।
क्यान इन्फोटेकका लागि विभिन्न सरकारी, स्थानीय तह संघ संस्था लाई निमंत्रण गरी भीआइपी पासको समेत व्यवस्था गरेको छ, भने बिहाना ९ देखी १०:३० सम्म स्कुलर कलेज तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ।
करिब २८ ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी माघ २२ सम्म चल्ने छ। यो प्रदर्शनीलाई सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, राजनीतिज्ञ लगायतले अवलोकन गर्ने कार्यक्रम छ।