बैंकहरूले कर्मचारी बोनसको लागि ५ अर्ब छुट्याए

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारी बोनस बापत ५ अर्ब भन्दा बढी रकम छुट्याएका छन् । चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा कर्मचारी बोनस बापत ५ अर्ब ४ करोड रकम छुट्याएका छन् ।

२० वटा वाणिज्य बैंकहरुले मंसिर मसान्त सम्ममा कर्मचारी बोनस बापत ४ अर्ब ६० करोड रकम छुट्याएका नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांकले देखाएको छ ।

त्यस्तैगरी, विकास बैंकहरुले कर्मचारी बोनस बापत ३६ करोड रकम छुट्याउँदा फाइनान्स कम्पनीहरुले ७ करोड मात्रै छुट्याएका छन् ।

२० वटा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी कर्मचारी बोनस छुट्याउनेमा नबिल बैंक रहेको छ । उक्त बैंकले कर्मचारी बोनस बापत ५५ करोड ५० लाख कुल रकम छुट्याएको छ भने सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंक रहेको छ । यस बैंकले कर्मचारी बोनस वापत ६ रोड मात्र छुट्याएको छ ।

त्यस्तै नेपाल बैंक लिमिटेडले कर्मचारी बोनस बापत १० करोड छुट्याँउदा एनआइएमबी बैंकले ३९ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २१ करोड, हिमालयन बैंक लिमिटेडले २१ करोड र नेपाल एसबीआई बैंकले २२ करोड छुट्याएका छन् ।

एभरेष्ट्र बैंकले ३० करोड, एनआइसी एसिया १० करोड, माछापुच्छ्रे बैंक लिमिटेडले १३ करोड, कुमारी बैंक ३६ करोड, लक्ष्मी सनराईज बैंकले २० करोड, सिद्धार्थ बैंक १५ करोड, ग्लोबल आइएमी बैंक ४४ करोड बराबरको रकम कर्मचारी बोनस बापत छुट्याएका छन् ।

सिटिजन्स बैंकले ११ करोड, प्राइम कर्मसियल बैंकले ३१ करोड, एनएमबी बैंकले ३० करोड, प्रभु बैंकले २८ करोड र सानिमा बैंकले १४ करोड कर्मचरी बोनस बापत छुट्याएको छ भने कृषि विकास बैंकले डाटा सार्बजनिक नगरेको नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यंकले देखाएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स