काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले हाल नेपालको अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिन थालेको बताएका छन् ।
उनले बिहिबार राष्ट्रिय वाणिज्य बैंकको ६०औं वार्षिकत्सव बोल्दै यस्तो बताएका हुन्।
उनले वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ क्षेत्रमा बढेको तरलताका कारण घटेको व्याजदरले गर्दा समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको बताए ।
उनले भने, ‘राजस्व असुलीमा क्रमशः आएको सुधार र सरकारी श्रोत परिचालनमा देखिएको सकारात्मक संकेत साथै बजारको आपुती प्रणालीमा ल्याइएको प्रभावकारिता, अनुगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक वित्त एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरुको प्रयोगबाट बाञ्छित सिमा भित्र रहेको मुद्रास्फीतिले पनि अर्थतन्त्रको सुधारलाई सहयोग गरेको छ ।’
‘कुनै समय अस्तित्वमा नै सकट आएको अवस्थाबाट माथि उठेर नविन सोच र संकल्पका साथ राष्ट्रिय वाणिज्य बैंक लिमिटेड आजको प्रतिष्पर्धि बजारमा पनि आफुलाई अव्वल सावित गर्न सफल भएको छ, ’उनले भने ।