काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यसैअवधिको भन्दा १५.४५ प्रतिशतले कम हो । गत वर्ष यस बैंकले ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
ब्याज आम्दानी बढेपनि सिटिजन्स बैंकको नाफा भने घटेको छ । बैंकले इन्पेरिमेन्ट चार्ज बापत ठूलो रकम छुट्याएका कारण नाफा घटेको छ । यस बैंकको इम्पेरिमेन्ट चार्ज ८५ करोड ९५ लाखबाट बढेर १ अर्ब ३८ करोड ५३ लाख रुपैयाँमा पुगेको छ । बैंकको नाफा घटेको हो । खुद ब्याज आम्दानी २ अर्ब ८३ करोडबाट बढेर ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब २८ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ देखिएको छ । प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँ रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ । एनपीएल ४.८५ प्रतिशतमा पुगेको छ ।