रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश

कास्की । रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश भएको छ। कास्की जिल्ला अदालतले रवि लामिछानेसँग ६५ लाख धरौटी माग गरेको हो

न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
तर उनलाई काठमाडौं जिल्ला अदालतमा जाहेर भएको स्वर्णलक्ष्मी सहकारीको अपचलन मुद्दामा पेश गर्नका लागि  प्रहरीले काठमाडौं ल्याउने तयारी छ ।
लामिछानेलगायत ६३ जनाविरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावीसहित ५ पुसमा अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स