यस्तो छ आज अमेरिकी डलरको भाउ

काठमाडौं । आज बिहीबार अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर, कुवेती र बहराइन दिनार, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्रा सस्तिएका छन्। हिजो घटेको अस्ट्रेलियन डलर र युरोको मूल्य आज थप घटेको छ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा छ । हिजो मूल्य बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज थोरै घटेको हो।

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३५ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०७ पैसा थियो।

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ८३ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४२ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३२ पैसा थियो।

आज युरोको खरिददर घटेको छ भने बिक्रीदर बढेको छ ।

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १७ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७२ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ६६ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ९७ र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६५ र बिक्रीदर ८७ रुपैयाँ ०३ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ १५ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५१पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ४६ पैसा थियो।

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ५६ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६२ पैसा थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स