हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’: आकर्षक छुट तथा विभिन्न लाभहरुको विशेष उत्सव

काठमाडौं । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले डिसेम्बर ९, २०२४ देखि डिसेम्बर डिलाइट नामको अभियान सुरु गरेको छ ।

डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरुले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिनसक्ने कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको छ ।

‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरुले ६ लाखसम्मको छुट, ५ लाखसम्मको एक्सचेञ्ज बोनस र एकवर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, यसअभियानमा जीरो कस्ट अनरसीप प्लान रहेको छ, जसमा ग्राहकहरुले आफूलाई मनपर्ने गाडी सजिलै खरिद गर्नसक्ने छन्। साथै ३ वर्षको निःशुल्क चेकअप, गाडीमर्मत सामाग्रीहरु तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिंग प्याकेजको पनि लाभ लिन सकिनेछ।

हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैं झैं विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो।

तसर्थ, देशभरका सोरुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरुलाई अनुरोध र प्रोत्साहित गर्दछ।यहि शनिवार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरुमा पर्व विशेष कार्यक्रमहरुको पनि आयोजना हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स