नेपाल डिपिले नेपाल प्रिमियर लिगको लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग गर्यो प्रायोजन सम्झौता

काठमाडौं । नेपाल डिपि लिमिटेड, एक निक्षेप सदस्य कम्पनी, (१० स्टक ब्रोकिङ कम्पनीहरूले प्रवद्र्धन गरेको पब्लिक कम्पनी) ले आगामी नेपाल प्रिमियर लिग २०८१ को लागि लुम्बिनी लायन्स फ्रेंचाइजसँग साझेदारी गरेको छ ।

नेपाल डिपि फ्रेंचाइजको आधिकारिक क्यापिटल मार्केट पार्टनर हुनेछ । सम्झौतामा हस्ताक्षर नेपाल डिपिका प्रमख कार्यकारी अधिकृत अञ्जन राज पौड्याल र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर राज जंग थापाको उपस्थितिमा भएको थियो ।

प्रायोजनको उद्देश्य नेपाली क्रिकेटलाई प्रवद्र्धन गर्नुका साथै विशेष गरी युवा पुस्ता एवं नेपाली जनमानसमा क्यापिटल मार्केटको बारेमा जनचेतना सिर्जना गर्नु हो । नेपाल डिपिले यसको प्रवद्र्धक स्टक ब्रोकिङ कम्पनीहरूको सहयोगमा एक वित्तीय साक्षरता छलफल कार्यक्रम आयोजना गर्नेछ । कम्पनीले नेपाल प्रिमियर लिगको अवधिमा आफ्ना सेवाहरुमा विशेष योजनाहरु पनि घोषणा गर्नेछ ।

लुम्बिनी लायन्स फ्रेंचाइजको नेतृत्व नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले गर्दैछन । फ्रेंचाइजको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय खेलाडी आईपीएल ई.सं. २०१६ विजेताका बेन कटिङ, पूर्व ग्(ज्ञढ वल्र्डकप विजेता क्यानडाका कप्तान उन्मुक्त चन्द, साद बिन जाफर, इंगल्याण्डका टम मुअर्स र वेस्ट इन्डिजका रेयमन्ड सिमन्स छन् । सन्दीप जोरा, विवेक यादव र सूर्या तामाङ राष्ट्रिय स्टारहरू हुन ।

नेपाल प्रिमियर लिगमा आठ फ्रेंचाइजहरूमा सहभागी हुनेछन् र लुम्बिनी लायन्सले २०८१ मंसिर १९ मा विराटनगर किङ्ससँग पहिलो खेल खेल्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स