सबैभन्दा धेरै कर तिर्ने व्यक्ति बने राजबहादुर शाह, संस्थामा नेपाल टेलिकम

काठमाडौं । कर दिवस २०८१ को अवसरमा धेरै कर तिर्ने करदताहरुलाई आन्तरिक राजस्व विभागले सम्मान गरेको छ । सबै भन्दा आयत गर तिर्नेमा राजबहादुर शाह भएका छन्। आर्थिक वर्ष २०७९।८०मा बुझाएको कर अनुसार जावालाखेल ग्रुप अफ कम्पनीका निर्देशक शाह उत्कृष्ठ करदाता बनेर सम्मानित भएका हुन् ।

संस्थागत रुपमा उत्कृष्ठ कर करदाता नेपाल टेलिकम भएको छ । उक्त सरकारी टेलिकम्यूनिकेशन कम्पनीले सबैभन्दा धेरै आयकर तिरेको हो ।

अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको उस्थितिमा करदाताहरुलाई सम्मानित गरिएको हो ।

अन्य विधागत करदाताहरु यस प्रकार रहेका छन् –
बैंकिङ तर्फ नबिल बैंकले उत्कृष्ठ करदाताको सम्मान पाएको छ ।
निर्यातमा डाबर नेपालले सम्मान पाएको हो ।
सूचना प्रबिधिमा निर्यातमा कड्ताप टेक प्रालीले सम्मान पाएको छ ।
कृषिमा पतञ्जली आयुर्वेद सम्मानित भएको हो ।
शिक्षामा लुम्बिनी मेडिकल कलेज ले सम्मान गाएको हो।
पर्यटनमा तारागाउँ रिजेन्सी होटलले उत्कृष्ठ करदाताको सम्मान पाएको हो ।
इन्टर प्राइजेज तर्फ श्रुति ट्रेडर्सले सम्मान पाएको हो ।
वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केटले उत्कृष्ठ करदाताको सम्मान पाएको हो र
सीडीएस एण्ड क्लियरिङ आज सम्मानित भएको छ ।
उर्जामा भोटेकोशी पावरले सम्मान पाएको छ ।
रेमिटेन्समासीटी एक्सप्रेसले सम्मान पाएको छ ।
धेरै भ्याट तिरेर होङसी सिमेन्टभएको छ ।
सोल्टी इन्टरप्राइजेज र बरुण बेभरेजले समेत आफ्नो क्षेमा उत्कृष्ठ करदाताकाृ सम्मान पाएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स