काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई अदालतले थप १० दिन म्याद थपेको हो ।
लामिछानेलाई दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको हो ।
लामिछानेमाथि अनुसन्धान गर्न न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।