ग्लोबल आइएमई लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको ६ हजार ९६९ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखिएको हो।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स