छिमेक लघुवित्तको १ लाख ९७ कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको सेयरधनी विवेक अग्रवालको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखिएको हो।

उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ। सेयर खरीद गर्न इच्छुक सेयरधनीहरूले बिक्रेतासँग समन्वय गरी ३५ दिन भित्र निवेदन दिनु पर्नेछ।

निवेदन काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्नेछ। साथै तोकिएको म्याद भित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स