काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट हुने मिति तय भएको छ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलले कम्पनीको एफपीओ चैत १ गते शुक्रबार बिहान १० बजे आफ्नै कार्यालय बालुवाटार, काठमाडौंमा बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको एफपीओमा १८ लाख ८२ हजार ४२२ जना आवेदकले २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
कम्पनीको एफपीओमा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जुन कम्पनीले निष्काशन गरेको सेयरको ११९.८४ गुणा बढी हो ।
कम्पनीको सेयर हात पर्न भाग्यकै भर पर्नुपर्ने देखिएको छ ।
कम्पनी सेयर १० कित्ताका दरले बाँडफाँट गर्दा १९ हजार ५७७ जनाले मात्रै पाउनेछन् भने १८ लाख ६२ हजार बढीको हात खाली हुनेछ ।
कम्पनीले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको हो।
कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्काशन गरेको हो।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्तापुँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ ।