जीवन विकास लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।

यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (फागुन २६ गते) बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी मोरङ तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

यसअघि कम्पनीका विद्यमान संस्थापकहरुलाई सेयर बिक्री खुला गर्दा आवेदन नपरेको हुनाले कम्पनीले यसपटक अन्य लगानीकर्ताले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिदिएको हो ।

प्रतिक्रिया

हेडलाइन्स