विन नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लघुवित्तलाई एफपीओ निष्काशन गर्नका लागि अनमति प्रदान गरेको हो ।

बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डले कम्पनीलाई अंकित मूल्य १०० रुपैयाँमा ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको ५१ हजार २९२.५० कित्ता एफपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स