काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।
लघुवित्तको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
लघुवित्तले ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल ५.२६३१५७९० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि माग्ने र लघुवित्तको आगामी वार्षिक साधारणसभामा पारित गरेपछि सेयरधनीहरमा वितरण हुनेछ ।
हाल लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख ९६ हजार रुपैयाँ रहेको छ।