गत वर्षको प्रतिफलले लघुवित्तमा लगानीकर्ता विकर्षण हुने डर

काठमाडौं । नेपालमा लघुवित्त कम्पनीको सेयरबजार मूल्य अन्य कम्पनीको तुलनामा अधिक छ । यसको मुख्य दुई कारणलाई लिइदै आएको छ । एक त यसको सेयर कित्ता नै कम छ, अर्को हो प्रतिफल ।

प्रतिफलको कारणले गर्दा पनि लघुवित्त कम्पनीमा सेयर लगानीकर्ताहरु आकषर्ण भैरहेको देखिन्थ्यो ।
यसले प्रदान गर्ने बोनस सेयर र नगद लाभांशको कारण लगानीकर्ताहरु आकर्षित हुँदै आएका थिए ।

तर पछिल्लो समय यसमा पनि समस्या देखिन थालेको छ । लघुवित्त कम्पनीहरु आफै कमजोर बनिदिदा सेयर धनीहरुलाई अकर्षित गराउन सकिरहेका छैनन् ।

गत आर्थिक वर्षको नाफाबाट लघुवित्त कम्पनीहरुले लाभांश वितरण गर्ने र नगर्ने निधो गरिरहेका छन् ।
लघुवित्तका संचालक समितिले गरेको निर्णयहरु हेर्ने हो भने निकै निराशाजनक स्थिति रहेको छ ।

अहिले ५० वटा लघुवित्त कम्पनीहरु संचालनमा रहेका छन् । सबै कम्पनीले लाभांशको निधो गरिसकको अवस्था त छैन तर पनि जतिले निधो गरिसकेका छन् । त्यो हेर्दा आशाजनक स्थिति छैन ।

लाभांश को निधो नै गर्ने १३ वटा लघुवित्त कम्पनीले त सेयर लगानी कर्ताहरुलाई पूर्ण निराश बनाएको छ । अर्थात् ती कम्पनीहरुले लाभांश नै वितरण गर्ने भएको छ ।

बाँकी निधो गर्ने कम्पनीले पनि उत्साहजनक निर्णय गरेका छैनन् । ज्यादै न्यून रुपमा लाभांश वितरण गर्ने सूचना प्रदान गरेका छन् ।

कुन कम्पनीले कति लाभांश वितरण गर्ने
आशा लघुवित्त १५ प्रतिशत
छिमेक लघुवित्त १५ प्रतिशत
गुराँस लघुवित्त १५ प्रतिशत
मिथिला लघुवित्त १५ प्रतिशत
नेष्डो समृद्धि लघुवित्त १५ प्रतिशत
नेसनल लघुवित्त १५ प्रतिशत
स्वालम्बलन लघुवित्त १५ प्रतिशत
जीवन विकास लघुवित्त १४.७४ प्रतिशत
सपोर्ट लघुवित्त १४.५ प्रतिशत
फर्वाड लघुवित्त १४ प्रतिशत
साना किसान लघुवित्त १४ प्रतिशत
कालिका लघुवित्त १०.७५ प्रतिशत
डिप्रोक्स लघुवित्त १०.५० प्रतिशत
आरएसडीसी लघुवित्त १० प्रतिशत
फष्ट माइक्रोफाइनान्स ९.४७ प्रतिशत
मेरो माइक्रोफाइनान्स ७.८९ प्रतिशत
सुर्योदय वोमी लघुवित्तले ७ प्रतिशत

लाभांश नदिने लघुवित्त कम्पनी
आरम्भ चौतारीे लघुवित्त
धौलागिरीे लघुवित्त
ग्लोबल आईएमई लघुवित्त
गणपतिे लघुवित्त
हिमालयन लघुवित्त
इन्फिनिटी लघुवित्त
लक्ष्मी लघुवित्त
निर्धन उत्थान लघुवित्त
युनिक नेपाल लघुवित्त
उन्नति सहकार्य लघुवित्त
विजय लघुवित्त
विन नेपाल लघुवित्त

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स