काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ।
लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूको स्वामित्वमा रहेको २ लाख १४ हजार ६७२ कित्ता सेयर बिक्रीमा राखिएको हो।
यसअघि, उक्त सेयरहरू लघुवित्तकै अन्य संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला गरिएको हो।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र बन्दीपुर-१, डुम्रे तनहुँस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। सो अवधी भित्र आवेदन गरेपछि योग्य लगानीकर्ताले सम्पदा लघुवित्तमा संस्थापक सेयरको हिस्सेदार बन्ने अवसर प्राप्त गर्नेछन्।