जीवन बीमा कम्पनीहरूको कुन प्रदेशमा कति व्यवसाय ?

काठमाडौं । जीवन बीमा गर्ने बीमा कम्पनीहरूकोे सबैभन्दा बढि व्यवसाय बागमती प्रदेशमा देखिएको छ ।
जीवन बीमा कम्पनीहरूको व्यवसाय चालु आवको वैशाख अन्त्यसम्म आर्जन गरेको बीमा शुल्कमध्ये ६७.७६ प्रतिशत हिस्सा बागमती प्रदेशको रहेको देखिएको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सात प्रदेशमा बागमतीको जीवन बीमा अब्बल देखिएको हो । बीमक कम्पनीहरूले सातै प्रदेशबाट विभिन्न शिर्षकको बीमालेख जारी गरेका हुन्छन् ।

सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, रुपान्तरिक सावधिक, बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा लगायतको बीमालेख जारी भएको हुन्छ ।

त्यस्तै गरि आजीवन जीवन बीमा, एकल बीमा शुल्क म्यादि जीवन बीमा र लघु जीवन बीमा समेत जारी भएको छ । यसमा कुल १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ व्यवसाय गरेको प्राधिकरणको तथ्याङ्क छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा अनुसार जीवन बीमा कम्पनीहरूले आर्थिक वर्षको वैशाख मसान्तसम्म १ करोड ४१ लाख ९४ हजार ४९० पोलिसी जारी गरेको हो ।
बागमती प्रदेशमा बीमकहरूले ९५ लाख ६३ हजार ७६२ पोलिसी जारी गरेर ५३ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको भएको हो ।

चालू आर्थिक वर्षको १० महिना अवधिमा कम व्यवसाय कर्णाली प्रदेशमा भएको देखिन्छ । उक्त प्रदेशमा १ लाख ९१ हजार २२३ पोलिसी जारी गरेर ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ मात्र प्रिमियम संकलन भएको हो ।

त्यसैगरी कोशी प्रदेशमा जीवन बीमाको विविध शिर्षकका ११ लाख ४४ हजार ६२८ पोलिसी जारी गरेर १४ अर्ब ६९ करोड २ लाख बीमा शुल्क संकलन भएको छ । मधेशमा १० अर्ब ९१ करोड ९ लाख, गण्डकीमा १२ अर्ब ४१ करोड ८२ लाख, लुम्बिनीमा १९ अर्ब १२ करोड १२ लाख र सुदुरपश्चिममा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका तथ्यांकमा उल्लेख छ ।

जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरूको बागमती प्रदेशमा ५३ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स