काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४७ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५५.३२ प्रतिशतले वृद्धि भएको हो ।
चैत मसान्तसम्म कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ४३ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन २८.३२ प्रतिशतले वृद्धि भएको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब १८ करोड ८६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ३७ करोड ३७ लाख रुपैयाँको ब्यवसाय गरेको हो । गत आर्थिक वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन १५.५७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको बीमा कोषमा ७ अर्ब ४२ करोड ३० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ०.३२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ७ अर्ब ३९ करोड ९२ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यो अवधिमा २ लाख २३ हजार ६६७ वटा बीमा पोलिसी जारी भएको छ । ।
यसअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २४.१७ रुपैयाँ रहेको छ । २ अर्ब ६२ करोड सेयर पुँजी रहेको कम्पनीले चालु आर्थिक वर्षको स्पेसल रिजर्भ शीर्षकमा २ अर्ब ६२ करोड २६ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङमा ३८ करोड २१ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २४.१७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २४४.०५ रुपैयाँ रहेको छ ।