एनएलजी इन्स्योरेन्सको खुद बीमाशुल्क रै खुद नाफा दुवै बढयो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३१ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.०४ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क २९ करोड ५७ लाख रुपैयाँ थियो। चालु आवको यो अवधिमा खुद बीमाशुल्कसँगै कम्पनीको खुद नाफा पनि बढेको छ।

यो अवधिमा कम्पनीको यस्तो नाफा ५३.९६ प्रतिशत बढेर ८ करोड ७५ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी ७.९४ प्रतिशत बढेको छ भने खुद दाबी खर्च १५.८१ प्रतिशत र कुल खर्च २.७४ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कमपनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ रुपैयाँ २१ पैसा बढी हो। सो अवधिसम्ममा कमपनीको प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ५६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७०.३३ गुणा रहेको छ।

प्रतिक्रिया

हेडलाइन्स