नेपाल इन्स्योरेन्सको खुद नाफा २३२ प्रतिशत भन्दा बढीले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । नेपाल इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २३२.३४ प्रतिशतले बढेको हो । गत वर्षको समीक्षा अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले कर्जा तथा लगानीबाट ७१ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गतवर्षको समिक्षा अवधिमा इन्स्योरेन्सले १६ करोड रुपैयाँ मात्र आम्दानी गरेको थियो ।

पुस मसान्तसम्मा कम्पनीको खुद बीमा शुल्क आर्जन पनि ५.९५ प्रतिशतले बढेर २९ करोड ६७ लाख रुपैयाँ छ । गत वर्षको सोहि अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क २८ करोड रुपैयाँ थियो । एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ३२ लाख रुपैयाँ सञ्चित छ ।

खुद नाफामा वृद्धि भएसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी वृद्धि भएको छ । इन्स्योरेन्सले सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ६० रुपैयाँ ६५ पैसा कायम भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स