काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५५ करोड १४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको सेयर ८.०३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क ५१ करोड ४ लाख रुपैयाँ थियो।
यो अवधिमा कम्पनीको खुद बीमाशुल्कसँगै खुद नाफा पनि बढेको छ। पुष मसान्तासम्म कम्पनीको खुद नाफा १९.१७ प्रतिशत बढेर २५ करोड ११ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १.७९ प्रतिशत बढेको छ भने खुद दाबी खर्च २२.१२ प्रतिशत र कुल खर्च ४.३५ प्रतिशत घटेको छ।
दुई अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ६५ करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड ४८ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ४९ लाख रुपैयाँ र अन्य इक्विटीमा ५२ करोड ७६ लाख रुपैयाँ रहेको छ।
पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ १५ पैसा रहेको छ।