एशियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, हकप्रद सेयर पनि जारी गर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.७५ प्रतिशत बोनस सेयर र  कर प्रयोजनको लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुने छ ।

साथै, कम्पनीले प्रस्तावित बोनसपछि ४२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले जारी गरेको सूचना अनुसार (ग) श्री नेपाल बीमा प्राधिकरणको ५ अर्ब चुक्ता पुँजी पुर्‍याउने निर्देशन प्रयोजनार्थ ७.७५५ बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रूपैयाँको ४२ प्रतिशत अर्थात (१ः०.४२) को अनुपातमा हकप्रद सेयर जारी गरिने जनाएको छ ।

[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/02/1.pdf” cache=”off”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स