गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा डाकेको छ ।

कम्पनीले प्रथम वार्षिक साधारण सभा फागुन ६ गते विराटनगर स्थित होटेल एयरपोर्टमा दिउँसो १ बजे आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत आईपीओ निष्काशनबारेका प्रस्तवा पेश हुने छन् । सभामा विशेष प्रस्ताव अन्तर्गत साधारण सेयरहरु सर्वसाधारणलाई जारी गर्ने, साधारण सेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग गर्ने, कम्पनीको साधारण सेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छ ।

प्रतिक्रिया

हेडलाइन्स