काठमाडौं । चालु आवको दोस्रो त्रैमासमा बीमा कम्पनीहरूले करिब ९३ अर्ब ६८ करोड ६९ लाख रुपैयाँको व्यापार गरेका छन् । गत आवको सोहि अवधिमा कम्पनीहरूको यस्तो बीमा व्यवसाय ९१ अर्ब ७३ करोड ४५ लाख रुपैयाँ थियो । गत आवको तुलनामा कम्पनीकोहरूको बीमा व्यवसाय २.१२ प्रतिशतले बढेको छ ।
चालु आवको दोस्रो त्रैमास पुष महिनासम्म जीवन बीमा र निर्जीवन बीमा व्यवसाय गर्ने देशमा संचालित १४ जीवन बीमा कम्पनी र तीन माइक्रो लाइफ गरी १७ कम्पनीले १ करोड ३७ लाख ५५ हजार ३९६ बीमा पोलिसी जारी गरेर ७४ अर्ब २४ करोड ५८ लाख प्रिमियम संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ ।
त्यसैगरी सोही अवधिमा कम्पनीहरूले निर्जीवन बीमा व्यवसायमा १४ लाख ४१ हजार ४४९ बीमा पोलिसी जारी गरेर १९ अर्ब ४४ करोड १० लाख प्रिमियम संकलन गरेको सार्वजनिक भएको तथ्यांकमा उल्लेख छ ।
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले प्रथम बीमा व्यवसाय गरेर १३ अर्ब ८४ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् भने समीक्षा अवधिमा कम्पनीहरूले नविकरण बीमा व्यापाबाट ६० अर्ब ४० करोड ३८ लाख प्रिमियम संकलन गरेका हुन् ।
चालु आवको पुष महिनासम्म सबै भन्दा बढी जीवन बीमा गरी व्यापार गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस कम्पनीले प्रथम बीमा र नवीकरण बीमामा १२ लाख ३५ हजार ६१६ बीमा पोलिसी जारी गरेर २० अर्ब २ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
चालु आवको सोहि अवधिमा अन्य कम्पनीको तुलनामा कम जीवन बीमा व्यवसाय गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यो अवधिमा ८ लाख ९३ हजार ९३० बीमा पोलिसी जारी गरेर १ अर्ब ७८ करोड १ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
त्यसैगरी निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरू मध्ये सबै भन्दा बढि व्यापार शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीले पुष महिनासम्म १ लाख ५० हजार ७२२ बीमा पोलिसी जारी गरेर २ अर्ब ५० करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । सोहि समीक्षा अवधिमा कम व्यापार गर्ने कम्पनी स्टार माइक्रो रहेको छ । कम्पनीले २ हजार ६८८ बीमा पोलिसी जारी गरेर ४७ लाख प्रिमियम संकलन गरेको हो ।
सबै भन्दा बढी बागमती प्रदेशको व्यापार ४६ अर्ब ३३ करोड
पुष महिनासम्म बागमती प्रदेशको बीमा व्यापार ४६ अर्ब ३३ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमध्य जीवन बीमा कम्पनीको व्यापार ३३ अर्ब ५४ करोड ५ लाख रुपैयाँ र १२ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
जीवन बीमा कम्पनीतर्फ यो अवधिमा सबै भन्दा कम व्यवसाय गर्ने कर्णाली प्रदेश रहेको छ । १ लाख ७९ हजार १५१ बीमा पोलिसी जारी गरेरे २ अर्ब ५ करोड ६६ लाख प्रिमियम संकलन गरेको हो ।
चालु आर्वको दोस्रो त्रैमास पुष महिनास विभिन्न बीमा कम्पनीहरूको व्यवसाय ७४ अर्ब २४ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । विभिन्न बीमा व्यवसाय गर्ने कम्पनीहरूले १ करोड ३७ लाख ५५ हजार ३९६ बीमा पोलिसी जारी गरेर यस्तो व्यापार गरेको बीमा प्राधिकरणको सार्वजनिक भएको तथ्यांकमा उल्लेख गरिएको छ । विभिन्न बीमा गरी बढि व्यवसाय गर्ने दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ । ९ लाख ६६ हजार ९७२ बीमा पोलिसी जारी गरेर ११ अर्ब ३६ करोड ३४ लाख प्रिमियम संकलन गरेको हो ।
त्यसैगरी कोशी प्रदेशले ८ अर्ब ८६ करोड २० लाख, मधेश प्रदेशमा ६ अर्ब ४९ करोड ७४ लाख, गण्डकी प्रदेशमा ७ अर्ब ५३ करोड ७५ लाख र सुदुरपश्चिममा ४ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको छ ।
सार्वजनिक भएको तथ्यांकमा उल्लेख भए अनुसार सातै वटा प्रदेशमा कम्पनीहरूको व्यवसाय पुष महिनासम्म सावधिक जीवन बीमाबाट ३० अर्ब ५ करोड ८ लाख, अग्रिम भुक्तानी सावधिक जीवन बीमाबाट १६ अर्ब ८० करोड ५५ लाख, रुपान्तरित सावधिक जीवन बीमाबाट ९ अर्ब ७७ करोड ६९ लाख, बालबच्चा सम्बन्धि जीवन बीमा व्यवसायबाट ११ अर्ब २७ करोड ९४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।
त्यसैगरी वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट १ अर्ब ४५ करोड ४५ लाख, आजिवन जीवन बीमाबाट २ अर्ब २० करोड ९५ लाख, एकल बीमा शुल्कबाट ७२ करोड ११ लाख म्यदिजीजन बीमा ७४ करोड ४३ लाख र लघु जीवन बीमा बाट १ अर्ब २० करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।