काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ५ महिनामा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ६७ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जीवन बीमा व्यवसाय गर्ने सो कम्पनीले साउनदेखि मंसिर महिनासम्म प्रथम बीमा र पोलिसी नवीकरणबाट १ अर्ब ६७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
चालु आवको पहिलो ५ महिनामा कम्पनीले प्रथम बीमा ३३ करोड ५३ लाख र नवीकरणबाट १ अर्ब ३४ करोड ६ लाख प्रिमियम संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । कम्पनीले यो अवधिमा १६ हजार ४५८ बीमा पोलिसी जारी गरेको छ ।
चालु आवको यो अवधिमा बीमा पोलिसीको हिसाबले सबै भन्दा राम्रो महिना मंसिर बनेको छ भने व्यवसायको हिसाबले साउन महिना राम्रो भएको छ । कम्पनीले मंसिर महिनामा ४ हजार ५५८ बीमा पोलिसी जारी गरेर ३० करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कार्तिक महिनाको तुलनामा मंसिर महिनामा कम्पनीको व्यापार ३६.०४ प्रतिशतले वृद्धि भएको हो ।
कार्तिक महिनामा कम्पनीले प्रथम बीमा र नवीकरण बीमामार्फत ३ हजार ८३२ बीमा पोलिसी जारी गरेर २२ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । असोज महिनामा १५.०६ प्रतिशतले व्यापार गरेको सो कम्पनीको व्यवसाय कार्तिक महिनामा ३१.९८ प्रतिशतले घटेको हो ।
प्रभु महालक्ष्मी इन्स्योरेन्सको व्यापार असोज महिनामा १५.०६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले असोजमा २ हजार ८१९ बीमा पोलिसी जारी गरेर ३२ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
त्यस्तै कम्पनीले भदौ महिनामा २ हजार ४८ बीमा पोलिसी जारी गरेर २८ करोड ३८ लाख प्रिमियम संकलन गरेको थियो । साउन महिनाकोे तुलनामा भदौ महिनामा कम्पनीको व्यापार ४७.५४ प्रतिशतले घटेको हो ।
साउन महिनामा कम्पनीको सबै भन्दा बढि १३०.०३ प्रतिशतले व्यवसाय भएका हो । ३ हजार २०१ बीमा पोलिसी जारी गरेर ५४ करोड ११ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।