प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा २७ करोड ७ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले २७ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वषृको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतदे बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ८९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ४९ करोड २० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १७.७२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कमपनीले
२ अर्ब ९६ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै, चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ५८ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १६.९२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ६ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको जीवन बीमा कोष ४३.६१ प्रतिशतले बढेर १२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ५५ करोड रुपैयाँ आम्दानी गरेको छ भने यस वर्ष ४ अर्ब २६ करोड रूपैयाँ खर्चिएको छ।

४ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १० करोड ४७ लाख रूपैयाँ, जगेडा कोषमा करिब साढे ७९ करोड रुपैयाँ र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी ७.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.८९ रुपैयाँ, पीई रेसियो ७१.६९ गुणा रहेको छ।

प्रतिक्रिया

हेडलाइन्स