रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ ।

कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त खावको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभा र बीमा प्राधिकरणले स्वीकृत गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया

हेडलाइन्स