काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमा कम्पनीहरूले ३२ अर्बभन्दा बढी रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।
चालु आर्थिक वर्षको चैत महिना सम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल २१ लाख ३५ हजार २३३ वटा बीमालेख जारी गरी ३२ अर्ब १२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
सो अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधि सम्ममा ४ अर्ब ३४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तैगरी, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड रुपैँया संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड रुपैयाँ संकलन गर्दा एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब १३ करोड आर्जन गरेको छ ।
आोरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब १५ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन ।
सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।