हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ८६ रूपैयाँसम्म बोनस पाउने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर घोषणा गरेको छ।

कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार १८ रुपैयाँदेखि अधिकतम ८६ रूपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक
कम्पनीले यस योजनामा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार २६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ३१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि प्रति हजार ३६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रति हजार ४२ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावधिक तथा आजीवन बीमा योजना
यस बीमा योजनामा कम्पनीले ९ वर्षका लागि प्रतिहजार ३६ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजना
कम्पनीले यस बीमा योजनामा १० देखि १४ वर्ष अवधिका लागि प्रतिहजार ५६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ६४ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ७१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि ८६ रुपैयाँ बोनसदर कायम गरेको छ।

जीवन उपहार (अग्रिम भुक्तानी सावधिक)
कम्पनीले यस योजनामा १६ वर्ष अवधिमा ४८ रुपैयाँ र जीवन उपहार (सावाधिक) मा १५ वर्ष अवधिका लागि ३१ रुपैयाँ बोनस कायम छ।

सावाधिक
कम्पनीले यस योजनामा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७६ रुपैयाँ बोनसदर कायम गरेको छ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना
कम्पनीले यस योजनामा ९ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३८ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४८ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७३ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

अग्रिम भुक्तानी सावाधिक
कम्पनीले यस योजनामा १४ वर्ष अवधिसम्मका लागि प्रतिहजार ३४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ४६ रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक नगद फिर्ता
यस योजनामा कम्पनीले १४ वर्षका लागि प्रतिहजार ३२ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनसदर कायम गरेको छ।

सुरक्षित भविष्य जीवन बीमा योजना
कम्पनीले यस योजनामा प्रतिहजार १४ वर्षका लागि १८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि २९ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ३५ रुपैयाँ बोनसदर दिने भएको छ।

३० वर्षे जीवन रक्षक (सीमित भुक्तानी) सावधिक लघु जीवन बीमा र कर्पोरेट जीवन बीमा योजना
कम्पनीले यस योजनामा १४ वर्षका लागि प्रतिहजार ३५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावाधिक तथा बालबच्चा सावाधिक जीवन बीमा योजना
कम्पनीले यस योजनामा ९ वर्षका लागि प्रतिहजार ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४२ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ।

सीमित भुक्तानी सावाधिक जीवन बीमा (एकल)
यस योजनामा कम्पनीले १० देखि १४ वर्षका लागि प्रतिहजार ३० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३५ रुपैयाँ र २५ वा सोभन्दा माथिका लागि ४५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सीमित भुक्तानी सावाधिक जीवन बीमा योजना
यस योजनामा कम्पनीले १० देखि १४ वर्षका लागि प्रतिहजार ३३ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावाधिक तथा आजीवन जीवन बीमा योजना
कम्पनीले यस योजनामा ९ वर्षका लागि प्रतिहजार ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४० रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ७४ रुपैयाँ बोनस दिने भएको छ ।

सीमित भुक्तानी सावाधिक तथा आजीवन जीवन बीमा योजना
कम्पनीले यस योजनामा ९ वर्षदेखि १५ वर्ष वा सोभन्दा माथिको सबै योजनामा प्रतिहजार ५० रुपैयाँ बोनसदर कायम गरेको छ।

वार्षिक अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना
कम्पनीले यस योजनामा ९ वर्षका लागि प्रतिहजार २४ रुपैयाँ, १० देखि १४ वर्षका लागि २७ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ र २० देखि २४ वर्ष अवधिका लागि ३३ रुपैयाँ बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना
कम्पनीले यस योजनामा ९ वर्षका लागि प्रतिहजार २४ रुपैयाँ, १० देखि १४ वर्षका लागि २४ रुपैयाँ, १५ वर्षदेखि १९ वर्षसम्म अवधिका लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ३० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिका लागि ४१ रुपैयाँ बोनसदर कायम गरेको छ।

जीवन आधार जीवन बीमा योजना
कम्पनीले यस योजनामा ९ वर्षदेखि १५ वर्ष सोभन्दा माथि अवधिको सबै अवधिमा ५० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

जीवन सम्पन्न बीमा योजना
कम्पनीले यस योजनामा सबै अवधि ९ वर्ष देखि १५ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५३ रुपैयाँ बोनसदर कायम गरेको छ।

जीवन उत्थान बीमा योजना
कम्पनीले यस योजनामा सबै अवधिका लागि ४० रुपैयाँ र जीवन आवरण बीमा योजनाका सबै अवधिमा ४३ रुपैयाँ बोनसदर कायम गरेको छ।

बालबच्चा सावाधिक जीवन बीमा योजना
कम्पनीले यस योजनामा ९ वर्षका लागि प्रतिहजार ३३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३६ रुपैयाँ र १५ देखि १९ वर्षका लागि ३९ रुपैयाँ बोनसदर घोषणा गरेको छ।

हिमालयन अनमोल रत्न बाल सावधिक जीवन बीमा योजना
कम्पनीले यस योजनामा प्रतिहजार १० देखि १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३८ रुपैयाँ र २० देखि २७ वर्ष अवधिका लागि ४० रुपैयाँ बोनसदर कायम गरेको छ।

प्रतिक्रिया

हेडलाइन्स