जीवन बीमा कम्पनीले गरे सवा खर्बको व्यवसाय, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब २६ करोड रुपैयाँको व्यापार गरेको छ । नेपाल बीमा प्राधिकरणले चालु आवको ९ महिनामा जीवन बीमा कम्पनीहरुले सो कारोबार गरेका हुन् ।

यो समधिमा नेपाल लाइफले सबैभन्दा बढी बीमा व्यवसाय गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३३ अर्बको व्यवसाय भित्र्याउन सफल भएको छ।

बढी व्यवसाय गर्ने दोस्रो स्थानमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा १५ अर्ब ६४ करोड रुपैयाँको कारोबार गरेको छ।

तेस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिमा १४ अर्बको कारोबार गर्न सफल भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार तेस्रो त्रैमाससम्मा हिमालयन लाइफले साढे १२ अर्ब रुपैयाँ बीमा व्यवसाय गरेको छ भने सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब, सूर्यज्योति लाइफले ७ अर्ब ६५ करोड रुपैयाँ बीमा व्यवसाय गरेको छ ।

त्यस्तै एशियन लाइफले ६ अर्ब ४६ करोड रुपैयाँ, सिटिजन लाइफले ५ अर्ब ८ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ र मेट लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा व्यवसाय भित्र्याएका छन् ।

आइएमई लाइफले साढे ३ अर्ब, रिलायबल नेपाल लाइफले ३ अर्ब ६९ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६७ करोड रुपैयाँ र । सन नेपाल लाइफले ३ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क भित्र्याउन सफल भएको छ।

चैतसम्मको नवीकरण शुल्क कति ?
चालु आर्थिक वर्ष चैतमसान्तसम्म (साउन देखि चैत) सम्ममा जीवन बीमा कम्पनीहरुले नवीकरण शुल्क वापत ९९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको हुन् ।

कम्पनीहरूले आर्जन गरेको नविकरण बीमा शुल्क गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १२.३३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले ८८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका थिए ।

सर्वाधिक नविकरण बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ अग्र स्थानमा रहेको छ । ९ महिनामा नेपाल लाइफको नविकरण बीमा शुल्क ८.६१ प्रतिशतले बढेर २६ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो ।

एलआईसी नेपाल लाइफको नविकरण बीमा शुल्क आर्जन ७.२६ प्रतिशतले बढेर १२ अर्ब १४ करोड रुपैयाँ पुग्दा नेशनल लाइफको २२.०५ प्रतिशतले बढेर ११ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफको ०.३४ प्रतिशतले बढेर १० अर्ब ७२ करोड रुपैयाँ नविकरण बीमा रहेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नवीकरण बीमा शुल्क आर्जन सर्वाधिक वृद्धि गर्नेमा राष्ट्रिय जीवन बीमा कम्पनी र रिलायबल नेपाल लाइफ रहेको छ ।

राष्ट्रिय जीवन बीमाको नविकरण बीमा शुल्क आर्जन २३.८८ प्रतिशतले बढेर १ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ भने रिलायबल नेपालको २४.८३ प्रतिशतले बढेर २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, नवीकरण बीमा शुल्क आर्जन सूर्यज्योति लाइफको १३.६४ प्रतिशतले बढेर ५ अर्ब ६४ करोड, एशियन लाइफको १०.३६ प्रतिशतले बढेर ५ अर्ब ५ करोड, सिटिजन लाइफको २०.९९ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड, सानिमा रिलायन्स लाइफको १२.७८ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड, मेट लाइफको ८.२९ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा आइएमई लाइफको २ अर्ब ६२ करोड, प्रभु महालक्ष्मीको २ अर्ब ५९ करोड र सन नेपाल लाइफको २ अर्ब रुपैयाँ नवीकरण बीमा शुल्क रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स