हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४७ करोड २४ लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आथिृक वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले १२ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १.३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १२ अर्ब ३३ करोड १३ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो।

चैत मसान्तसम्म कम्पनीले १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १.३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १२ अर्ब २ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको जीवन बीमाकोषको आकार ६१ अर्ब ६५ करोड रुपैयाँबाट बढेर ७३ अर्ब ७७ करोड रुपैयाँ नाघेको छ।

त्यस्तै, कम्पनीको कुल आम्दानी १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँबाट बढेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खर्च पनि १६ अर्ब २६ करोड रुपैयाँबाट बढेर १७ अर्ब १४ करोड रुपैयाँ नाघेको छ।

९ अर्ब १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ४७ करोड रुपैयाँ र जगेडा कोषमा करीब १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया

हेडलाइन्स