काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु आज बाँडफाँट गरिएको छ। इन्स्योरेन्सले कोष प्रवद्र्धनका लागि नेपालकै बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्डअन्तर्गतको योजना हो ।
यो योजनाका इकाइहरु गत वैशाख ३ गतेदेखि वैशाख ७ गतेसम्म बिक्री खुला गरिएको थियो। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको थियो।
यस योजनाका १ अर्ब २० करोड रुपैयाँको बिउ पुँजी बराबरको १० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ बाँडफाँट गरिएको छ। जसमा १ करोड ७२ लाख ९१ हजार ९६० इकाइ कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफ र १२ लाख ३५ हजार १४० इकाइ योजना व्यवस्थापक रियायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटललाई बाँडफाँट गरिएको छ। बाँकी १० करोड १४ लाख ७२ हजार ९०० इकाइ सर्वसाधारणलाई वितरण गरिएको छ।
रिलायबल समृद्धि योजना बन्दमुखी प्रकारको हो। यो १० वर्षे अवधिको योजना हो। यस योजनाका इकाइ बाँडफाँटपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएपछि कारोबार गर्न मिल्ने छ ।