काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा कम्पनीले २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९० प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३९ अर्ब ४५ करोड ४५ लाख रुपैयाँ रहेको छ। यो अघिल्लो आवको सोहि अवधिको तुलनामा २३.९० प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३१ अर्ब ८४ करोड ३१ लाख रुपैयाँ रहेको थियो।
चैत मसान्तसम्म कम्पनीले ७ अर्ब ६३ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ६ अर्ब ५२ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीले ७ अर्ब ५१ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.८५ प्रतिशतले बढी हो । आर्थिक आवको सोही अवधिसम्म कम्पनीले ६ अर्ब ३७ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
समिक्षा अवधिमा कम्पनीको महाविपत्ति कोषमा ३९ करोड १९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४१ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा ४५ करोड ९९ लाख रुपैयाँ रहेको छ।
५ अर्ब १ करोड १९ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ७.८७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.४१ रुपैयाँ र पीई रेसियो ५५.९० गुणा रहेको छ।