काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ।
कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ।