तिनकुने हुलदंगाको क्षतिमा ५ करोडको बीमा दावी, शिखर इन्स्योरेन्सले गर्यो सबै भुक्तानी

काठमाडौं । तिनकुने कोटेश्वर क्षेत्रमा भएको हुलदंगाको कारणले भएको क्षतिमा ५ करोड रुपैयाँ बराबरको बीमा दावी भएको छ । १२ बटा बीमा कम्पनीहरुमा ५० वटा संख्या दावी भएको हो ।

राष्ट्रिय बीमा कम्पनीमा र्दै १ करोड २७ लाख कुल रकम दाबी परेको छ । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा ९ संख्या१ करोड १७ लाख ९५ हजार रकम दावीमा परेको छ ।

सगरमाथा लूम्बिनी इन्स्योरेन्स कम्पनीले ७ वटा संख्यामा ७५ लाख ४९ हजार ४ सय १३ कुल रकम दावी गरेको छ ।

नेको इन्स्योरेन्सले ४ वटा दाबी परेको बीमा संख्या जारी गर्दै ५२ लाख रकम दावी परेको छ ।
दि ओरीएन्टल इन्स्योरेन्स कम्पनीमा १ वटा दावी गर्दै ४७ लाख ५० हजार बीमा रकम परेको छ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले २ वटा सख्या दाबी गर्दै २२ लनख रकम दावी गरेका छन् ।

त्यस्तैगरी, नेशनल इन्स्योरेन्स कंम्पनीले २० लाख ७५ हजार, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनीले १७ लाख ६० हजार, नेपाल इन्स्यनेरेन्स कम्पनीले ८ लाख ७१ हजार ७ सय ९५ रकम दावी परेको छन् ।

त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले ६ लाख, शिखर इन्स्योरेन्स कम्पनीले ४ लाख ९८ हजार २ सय १३, प्रभु इन्स्योरेन्स कम्पनीले ५० हजार रकम दाबी परेको छ ।

शिखर इन्स्योरेन्समा परेको सबै दावीको भुक्तानी भैसकेको बीमा प्रदाधिकरणले जनाएको छ । छिट्टो भुक्तानी गरेर बीमा क्षेत्रकै थप विश्वास दिलाएको समेत छ ।

प्रतिक्रिया

हेडलाइन्स