प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर सार्वजनिक, कुन योजनामा कति ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार २३ रुपैयाँदेखि अधिकतम ७३ रूपैयाँसम्म बोनस पाउनेछन् ।

सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा ० देखि ९ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

सावाधिक तथा आजीवन बीमा योजना
कम्पनीले यस योजनामा ० देखि ९ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४३ रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ।

अग्रिम भुक्तानी सावाधिक
यस योजनामा कम्पनीले ० देखि ९ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ बोनसदर तोकेको छ।

अग्रिम भुक्तानी (समुन्नति एनुअल)
कम्पनीले यस योजनामा ० देखि ९ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ।

महालक्ष्मी सावाधिक जीवन बीमा योजना
यस बीमा योजनामा कम्पनीले ५ देखि १४ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १५ वर्ष अवधिका लागि ४६ रुपैयाँ र १६ देखि २४ वर्षसम्म अवधिका लागि ४६ रुपैया, २५ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि पनि ५२ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।

महालक्ष्मी सरल जीवन बीमा योजना
यस योजनामा कम्पनीले ५ देखि १४ वर्ष अवधिको लागि ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५५ रुपैयाँ र १६ वर्षभन्दा माथिको लागि ५५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

महालक्ष्मी हेरचाह बीमा
कम्पनीले यस योजनामा ५ देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँर १६ वर्षभन्दा माथिको लागि पनि ५१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

महालक्ष्मी बाल बचत बीमा
यस योजनामा कम्पनीले ५ देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ३५ रुपैयाँ १६ देखि १९ वर्षको लागि ३५ पैयाँ, २० देखि २१ वर्षको लागि ३९ रुपैयाँ र २२ वर्षभन्दा माथिको माथिको लागि ३९ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमाको सबै अवधिको लागि ३५ रुपैयाँ, महालक्ष्मी धनधान्य बीमा योजनाको सबै अवधिमा ४५ रुपैयाँ र महालक्ष्मी सावाधिक आजीवन बीमाको सबै अवधिमा ३८ रुपैयाँ बोनसदर कायम गरेको छ।

प्रतिक्रिया

हेडलाइन्स