काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ६३ रुपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनस पाउनेछन् ।
सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेख अन्तर्गत प्रतिहजार ० देखि ९ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको अवधिका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि कम्पनीले ८५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
सावधिक तथा आजीवन बीमालेख
यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्षसम्मको का लागि लागि प्रतिहजार ६४ रुपैयाँ, १० देखि १४ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षसम्मको अवधिसम्मका लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षसम्मको अवधिका लागि ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मको अवधिका लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँसम्म बोनसदर तोकेको छ।
अग्रिम भुक्तानी सावधिक बीमालेख
यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको अवधिका लागि ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको अवधिका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ, २६ देखि २९ वर्षसम्मको अवधिका लागि ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।