नेप्सेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत,ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको छ । बुधबार कम्पनीको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता र संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता गरी कुल ७५ लाख कित्ता सेयर सूचीकृत गरेको हो ।

कम्पनीको ओपनिङ रेन्ज १००.८६ रूपैयाँदेखि ३०२.५८ रुपैयाँ सम्म तोकेको छ ।

यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ । कम्पनीको आज सूचीकृत भएको सेयर भोलि अर्थात बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ ।

प्रतिक्रिया

हेडलाइन्स