काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो ।
कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले न्यूनतम प्रतिवर्ष प्रति हजार ४१ रुपैयाँदेखि अधिकतम ६५ रूपैयाँसम्म बोनस पाउनेछन् ।
जीवन विद्या ३५२, जीवन साथी ३५७, जीवन श्री ३५३ योजना
कम्पनीले यस योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ बोनसदर तोकेको छ।
सावधिक (३३३)
कम्पनीले यस योजनामा प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि ३४ वर्षका लागि ६१ रुपैयाँ र ४५ र सोभन्दा माथि अवधिका लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
जीवन आनन्द (३४२)
यस योजनमा कम्पनीले प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६० रुपैयाँ बोनस दिने निर्णय गरेको छ।
बाल सावाधिक (३४९) बीमा योजना
कम्पनीले यस बीमा योजनमा प्रतिहजार १५ देखि १९ वर्ष अवधिका लागि ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि प्रतिहजार ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिका लागि प्रतिहजार ६३ रुपैयाँ र ३० देखि माथि अवधिका लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
धन वृष्टि (३५८)
कम्पनीले यस योजनामा प्रतिहजार १० वर्षे अवधिका लागि ५५ रुपैयाँ र १५ वर्षे अवधिका लागि ५७ रुपैयाँ बोनसदर तोकेको छ।
धन फिर्ता (३३४, ३३५, ३३६, ३३७, ३३९, ३४३)
यस बीमा योजनामा कम्पनीले प्रतिहजार १५ वर्ष अवधिका लागि ५६ रुपैयाँ, २० वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ वर्ष अवधिका लागि ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ।
बाल ममता (३४०) र बाल स्नेह (३४१)
कम्पनीले यस योजनामा प्रतिहजार १५ वर्ष अवधिसम्मका लागि ५६ रुपैयाँ र १६ देखि २० वर्ष अवधिका लागि ५७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
जीवन तरंग (३४५)
यस योजनामा कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनसदर तोकेको छ।
न्यु जीवन तरंग (३६०)
यस योजनामा कम्पनीले प्रतिहजार १० वर्ष अवधिका लागि ५० रुपैयाँ, १५ वर्ष अवधिका लागि ५१ रुपैयाँ र २० वर्ष अवधिका लागि ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ।
जीवन बचत (३५९)
यस योजनामा कम्पनीले प्रतिहजार ५ देखि ९ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४९ रुपैयाँ र १५ देखि १९ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५७ रुपैयाँ र २५ देखि माथि अवधिका लागि ६३ रुपैयाँ बोनदर दिने भएको छ।
जीवन लाभ (३६१)
कम्पनीले यस योजनामा प्रतिहजार १० वर्ष अवधिका लागि ५१ रुपैयाँ, १५ वर्ष अवधिका लागि ५३ रुपैयाँ, २० वर्ष अवधिका लागि ५५ रुपैयाँ र २५ वर्ष अवधिका लागि प्रतिहजार ५७ रुपैयाँ बोनदर दिने निर्णय गरेको छ।
लघु सावधिक (३५४)
यस योजनामा कम्पनीले सबै अवधिका लागि ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ।