यूनाइटेड अजोड इन्स्योरेन्सको २ लाख ५६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।

कम्पनीको २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो।

जसमध्ये कम्पनीले १ लाख ४९ हजार ११६ कित्ता प्रतिसेयर १८० रुपैयाँमा, त्यस्तै ८२ हजार ५९२ कित्ता प्रतिसेयर १६३.९० रुपैयाँमा र २४ हजार ६०२ कित्ता प्रतिसेयर १६३.५० रुपैयाँमा बिक्रीमा राखिएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले आगामी १५ दिनभित्र आफूले किन्न चाहेको सेयर विवरण खुलाई सुन्धाराको सिटिसि मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।

कम्पनीले संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरिद प्रस्ताव गरिसकिएको जनाएको छ।

 

प्रतिक्रिया

हेडलाइन्स