काठमाडौं । जीवन बीमा कम्पनीले यो वर्ष १ खर्ब ८ अर्ब बीमा शुल्क संकलन गरेका छन् । चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको नेपाल बीमा प्राधिकरणले जानाकारी दिएको छ ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ ।
यस कम्पनीले फागुन मसान्त कुल २९ अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
नेशनल लाइफ इन्स्योरेन्सले १३ अर्ब ६२ करोड रुपैयाँ एलआइसी नेपालले १२ अर्ब ५६ करोड रुपैयाँ ,हिमालयन लाइफ इन्स्योरेन्सले ११ अर्ब २२ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको देखिएको छ ।
त्यस्तैगरि सूर्यज्योति लाइफले ६ अर्ब ६९ करोड ५० लाख रुपैयाँ, एसियन लाइफले ५ अर्ब ६९ करोड ८२ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ४९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ अर्ब २९ करोड २६ लाख रुपैयाँ, मेटलाइफले ३ अर्ब ८८ करोड ९ लाख रुपैयाँ, आइएमई लाइफले ३ अर्ब २८ करोड ७८ लाख रुपैयाँ, प्रमु महालक्ष्मी लाइफले ३ अर्ब १९ करोड ७६ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब १७ करोड ५९ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७० करोड २९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।