काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलले कम्पनीको आईपीओ भोलि चैत ५ गते मंगलबार बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीको आईपीओमा २ अर्ब ४४ करोड ९२ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
जुन कम्पनीले निष्काशन गरेको सेयरको १३.२७ गुणाबढी हो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रर्थाबाट सेयर बाँडफाँट हुनेछ । जसमा १ लाख ८४ हजार ५ सयले सेयर हात पार्ने छन् भने १८ लाख ६४ हजार ३८ जनाको हात खाली हुने देखिन्छ ।
कम्पनीले फागुन २२ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्काशन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले केयर रेटिङ नेपालबाट ‘इक्रा एनपी आईआर डबल बी ’रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।