युनाइटेड अजोड इन्स्योरेन्सले उच्च व्यवस्थापनमा भित्र्यायो तीन काबिल व्यक्तिहरु

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले उच्च व्यवस्थापन तहमा तीन काबिल व्यक्तिहरु भित्र्याएको छ ।
युनाइटेड अजोडले सञ्जय अर्याल तथा काशीनाथ बुर्लाकोटीलाई नयाँ महाप्रबन्धकको रुपमा भित्र्याएको हो । त्यस्तै धिरज ढुंगानालाई मुख्य प्रबन्धकमा नियुक्त गरेको छ ।

नेपाल इन्स्योरेन्सबाट आफ्नो करियर सुरु गरेका महाप्रबन्धक संजय अर्यालसँग उच्च व्यवस्थापनका बसेर कार्य सम्पादन गरिसकेका छन् ।

नेपाल इन्स्योरेन्समा २६ वर्ष कार्यअनुभव सम्हालेका संजय अर्यालव व्यवसाय तथा व्यापार प्रवद्र्धनदेखि कर्मचारी व्यवस्थापनमा समेत दख्खल राख्छन् ।

उच्च व्यवस्थापकीय क्षमता र कार्यकुशलताको कारण कम्पनीले उनलाई महाप्रबन्धकमा नियुक्त गरेको हो । उनीसँग हिमालय एभरेष्ट इन्स्योरेन्सको उच्च व्यवस्थापनमा बसेर काम गरको कार्यअनुभव रहेको छ ।

नवनियुक्त अर्का महाप्रबन्धक काशीनाथ बुर्लाकोटीसँग पनि उच्च व्यवस्थाकीयका साथै बीमा बजार प्रवद्र्धनमा करिब एक दशक काम गरेको कार्यानुभव रहेको छ ।महाप्रबन्धकमा नियुक्त भएका बुर्लाकोटी चार्टर्ड एकाउण्टेट समेत हुन् ।

नेपालको बैकिङ क्षेत्रमा समेत लामो अनुभव हासिल गरेका धिरज ढुंगाना उक्त कम्पनीमा मुख्य प्रबन्धकको रुपमा प्रवेश गरेका हुन् ।

तत्कालीन एभरेष्ट इन्स्योरेन्स विषम परिस्थितिमा रहँदा प्रमुख कार्यकारी अधिकृतको चुनौतिपूर्ण भूमिका निर्वाह गरी कम्पनीलाई एउटा सुदृढर सबल बीमा कम्पनीको रुपमा नेपाली बीमा बजारमा उपस्थित गराउन सफल कमल गौतम हाल युनाइटेड अजोड इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।

प्रतिक्रिया

हेडलाइन्स