नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, भोलि कतिमा खुला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

आइतबार, कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

जसमा कम्पनीको १.२४८९ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४४२.४० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।

समायोजन पश्चात कम्पनीको मूल्य ४३६.९४ रुपैयाँ कायम भएको छ ।

योसँगै, अब भोलि सोमबार समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया

हेडलाइन्स