काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा पहिलो दिन ३.१७ गुणाबढी आवेदन परेको छ ।
आज साँझ ५ः११ बजेसम्ममा ६ लाख ६५ हजार ४८८ जना आवेदकले ५८ लाख ५८ हजार ६१० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
कम्पनीको आईपीओमा ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले आज फागुन २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले प्रथम चरणमा गत माघ १५ गतेदेखि २९ गतेसम्म १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रेहका नेपालीका लागि निष्काशन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र ३ प्रतिशत अर्थात ६७ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्टाई बाँकी रहेको १८ लाख ४५ हजार कित्ता आम सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले केयर रेटिङ नेपालबाट ‘इक्रा एनपी आईआर डबल बी ’रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।