नेपाल लाइफको बीमा शुल्क साढे २ खर्ब नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चाले आवको फागुनमसान्तसम्म २ खर्ब ६० अर्ब ५करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको बीमा शुल्क जीवन बीमा गर्ने कम्पनीमध्ये सबैभन्दा बढी हो ।

इन्स्योरेन्स कम्पनीले माघ महिनासम्म सो व्यवसाय गरेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । चालु आवको साउन महिनामात्रै ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

त्यस्तै भदौँ महिनामा ३ अर्ब ३२ करोड ६७ लाख, असोज महिनामा २ अर्ब ९४ करोड, ७२ लाख, कात्तिक महिनामा ३ अर्ब ४१ करोड ८० लाख, मंसिर महिनामा ३ अर्ब ३५ करोड ५२ लाख, पुस महिनामा ३ अर्ब ६९ करोड २९ लाख र माघ महिनामा ३ अर्ब ५४ करोड ७६ लाख कुल बीमाशुल्क संकलन गरेको छ ।

गत वर्ष नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन महिनामा ५ अर्ब २२ करोड ३८ लाख कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै भदौँ महिनामा २ अर्ब ७८ करोड ८० लाख, असोज महिनामा २ अर्ब ९३ करोड ८३ लाख, कात्तिक महिनामा २ अर्ब ४८ करोड ७५ लाख, मंसिर महिनामा ३ अर्ब ३२ करोड ३१ लाख, पुस महिनामा ३ अर्ब २६ करोड २३ लाख र माघ महिनामा ३ अर्ब १८ करोड ४२ लाख कुल बीमा शुल्क आर्जन गरेका छन् ।

 


 

प्रतिक्रिया

हेडलाइन्स