काठमाडौं । नयाँ लघुबीमा कम्पनी आएपछि लघु बीमालेख जारी हुनेक्रमले तिव्रता पाएका छ । ।
निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुले जारी गरेको लघु बीमालेखबाट चालू आर्थिक वर्षको माग मसान्त सम्ममा २ लाख ७ हजार ३ सय ५५ कुल बीमालेख संख्या जारी गरेको पाइएको हो ।
नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएका तथ्याङ्क अनुसार गरी ५१ करोड ३२ लाख कुल बीमाशुल्क संकलन गरेका छन् भने माघ महिनामा ३२ हजार ३ सय ३४ बीमालेख जारी गरी ८ करोड ७ लाख बीमाशुल्क संकलन गरेका छन् ।
सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कंम्पनी लिमिटेड रहेको छ । उक्त कंम्पनीले ५८ हजार १ सय १७ बीमालेख जारी गर्दै १४ करोड ६८ लाख बीमाशुल्क संकलन गरेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कंम्पनी लिमिटेडले ४७ हजार ६ सय ९४ बीलालेख जारी गर्दै १२ करोड ४९ लाख बीमाशुल्क संकलन गरेको छ ।
स्टार माइक्रो इन्स्योरेन्स कंम्पनी लिमिटेडले ५२ हजार ८ सय ३७ बीमालेख जारी गरी ११ करोड ६६ लाख कुल बीमाशुल्क संकलन गरेका छन् ।
ट्रस्ट माइक्रो इन्स्योरेन्स कंम्पनी लिमिटेडले ४१ हजार ६ सय बीमालेख जारी गरी ११ करोड ४३ लाख बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले १ सय ८२ बीमालेख जारी गरी कुल ६ लाख संकलन गर्दा शिखर इन्स्योरेन्स कंम्पनी लिमिटेडले ३ हजार ३ सय ५ बीमालेख जारी गर्दै ४ लाख संकलन गरेको छ ।
नेको इन्स्योरेन्स लिमिटेडले ३ हजार ६ सय ११ बीमालेख जारी ९३ लाख कुल बीमाशुल्क संकलन गरेका छन् ।
दि ओरिएन्टस इन्स्योरेन्स कंम्पनी लिमिटेड, नेशनल इन्स्योरेन्स कंम्पनी लिमिटेड, प्रभु इन्स्योरेन्स लिमिटेड, हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड को भने बीमाशुल्क लाख भन्दा कम संकलन गरेका छन् ।